
अर्घाखाँची- अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको ज्यान गएको छ ।सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो ।

चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला परेको छ ।
बिज्ञापन



अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा आमा भएतर्फ जाँदै गर्दा चितुवाले झम्टेको थियो । बारीमा आरु खान गएको बेला चितुवाले आक्रमण गरेको स्थानीय उमेश अधिकारीले जानकारी दिए ।

चितुवाको आक्रमणमा परेका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले रातिसम्म खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अमर थापाले बालकको शव फेला परेको पुष्टी गरेका हुन्।