नागढुङ्गाबाट ३ हजार एम्पुल लागु औषधसहित दुईजना पक्राउ

काठमाडौंको नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको ढल्केवर घर भएका ४२ वर्षीय पप्पु शाह र नगराईन नगरपालिका–५ घर भएका सुधिर झा उर्फ बुलेट छन् ।

आरोपीहरुको साथबाट ३ हजार एम्पुल लागु औषध बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना.६ ख ७६८७ नम्बरको बसमा उनीहरुले ७ सय ५० एम्पुल डाइजेपाम, ७५० एम्पुल लुपिजेसिक, ७५० एम्पुल फेनारगन र सोही परिमाणमा नुफ्रिन काठमाडौंमा ल्याएका हुन् ।आरोपीहरु विरुद्ध लागु औषध मुद्दामा म्याद लिएर प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन