सत्ता गठबन्धनको बैठक सर्‍यो

काठमाडौँ- सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको छ ।

यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

बिज्ञापन

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ ।

गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।