सेयर बजार अब फेरि आइतबार खुल्ने

नेप्सेका एक अधिकारीका अनुसार सम्भवतः पुरानै व्यवस्थाअनुसार आइतबार कारोबार खुल्ने र शुक्रबार भने कारोबार बन्द रहने विषयमा छलफल भइरहेको छ । गत जेठ १ गतेदेखि सरकारले परीक्षणका लागि भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। नेप्सेले पनि सरकारको निर्णयसँगै आइतबार बिदा दिएर शुक्रबार नियमित कारोबार गरिरहेको थियो। यसबीचमा हालसम्म तीनवटा शुक्रबार बजार खुल्ला रह्यो।

सेयर खरिद-बिक्री केन्द्रबाट वि. सं. २०५० मा नेपाल स्टक एक्सचेन्जका रूपमा रूपान्तरण भएसँगै सेयर बजार ५ दिन खुला रहने गरेको थियो। सुरूमा दैनिक दुई घण्टा कारोबार हुने बजार हाल दैनिक ४ घण्टा खुला रहने गरेको छ। यसअघि अन्य दिन एक पटकमा न्यूनतम १० कित्ता सेयर कारोबार गर्न सकिने र शुक्रबार भने सोभन्दा कम सेयरको पनि कारोबार गर्न सकिने व्यवस्था थियो। तर २०७३ यता भने नियमित कारोबारमै १ कित्तासम्म सेयर किन्न सकिने व्यवस्था भएसँगै शुक्रबार अडलट कारोबार हुन छाडेको थियो।

बिज्ञापन