कमिसनमा मुछिएपछि प्रधानमन्त्रीले मागे सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा

सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधामन्त्री केपी ओलीले राजीनामा गराउने भएका छन् ।

 

बिज्ञापन

स्वीस कम्पनीका एजेन्टसंँग कमिसनको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ ।

 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई प्रधानमन्त्रीले आजै राजीनामा गराउन लागेको बालुवाटार स्रोतले बताएको छ ।

 

हिजो राती बाँस्कोटाको कमसिन मागेको अडियो टेप सार्वजनिक भएको थियो ।

 

किन लुकायो बालुवाटरले अडियो ?

 

बालुवाटार स्रोतले अडियो धेरै पहिला प्रधानमन्त्रीसम्म पुगेको बतायो । ‘तर, किन प्रधानमन्त्रीले बाँस्कोटालाई कारवाही गर्नुभएन अथवा राजीनामा माग्नुभएन हामी नै अचम्भित छौँ’, स्रोतले भन्यो ।

भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीले आफ्नो विश्वासपात्र रहेका बाँस्कोटालाई किन बचाए ? यो प्रश्न जीवित रहेको स्रोतले बतायो ।