
बर्दिया । पार्टीको आन्तरिक कार्यक्रमका लागि बर्दिया पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय कार्यकर्ताकै निवासमा खाना खाएका छन् ।अध्यक्ष प्रचण्डले स्थानीय कार्यकर्ताहरूसँग भुईँमै बसेर पलेँटी कसेर खाना खाँदै गरेको तस्बिर गंगा दाहालले फेसबुकमा पोस्ट गरेकी छिन् ।
तस्बिरमा प्रचण्डसहित माओवादी नेता कार्यकर्ताहरूले स्थानीयको आतिथ्यतामा खाना, रोटी, घोंगी र मासु लगायतका परिकारहरू खाँदै गरेको देख्न सकिन्छ ।पृष्ठभूमि माओवादी संघर्षका क्रममा शहीद भएकाको तस्बिरहरू देख्न सकिन्छ । घोंगी स्थानीय थारु समुदायमा प्रख्यात परिकार हो ।