
काठमाडौं – कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १० हजार ८४६ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।
बिज्ञापन



यसअघि बुधबार १० हजार ५३६ जनाको मृत्यु भएको थियो । एकैदिन मृतकको संख्यामा सर्वाधिक वृद्धि भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ५३ हजार ९१८ पुगेको छ ।
