
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।
पदबाट राजीनामा घोषणापछि मन्त्रालयमा आइतवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा आलेले यस्तो दाबी गरेका हुन्। उनले आफ्नो कामको मूल्याङ्कन जनताले गर्ने बताए ।
‘कसैले तपाईंको कामबाट कति ल्याउँछस् ? भनेर सोधे भने ९० प्रतिशत अङ्क ल्याएको ठानेको छु,’ पत्रकार सम्मेलनमा आलेले भने, ‘बाँकी जनताले मूल्याङ्कन गर्ने नै छन् ।
उनले आफू प्रक्रियामा भन्दा पनि एक्सनमा जोड दिने व्यक्ति भएको बताए । उनले मन्त्रालयमा २६३ दिन बितेको पत्तै नपाएको उनले बताए ।