गुन्डा नाइकेलाई जेलमा भेटेको आरोपमा डीएसपी केसीलाई कारबाही

काठमाडौं । केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समिरमानसिंह बस्नेतलाई भेटेको आरोपमा डीएसपी मिलन केसीमाथि विभागीय कारबाही भएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले केसीलाई विभागीय कारबाही गरेको हो ।यसअघि काठमाडौं प्रहरी कार्यालयका एसपी दिनेश मैनालीको संयोजकत्वमा गठित समितिले केसीबाट लापरबाही भएको भन्दै विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । केसी स्वयम्भू प्रहरी वृत्त प्रमुख रहेका थिए ।

सार्वजनिक बिदाको दिन पारेर केसीले माथिल्लो निकायलाई जानकारी नदिई जेल पुगेर बस्नेतलाई भेटेको आरोप लागेको थियो ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा योजनाकारको आरोप लागेका बस्नेत पुर्पक्षका लागि जेलमा रहेका छन् ।

बिज्ञापन