
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्छाओले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।असार २६ मा काठमाडौं ओर्लिएका लिउसहितको टोलीले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।भेटका क्रममा राष्ट्रपति भण्डारीले नेपालको विकासमा चीनले गरेको सहयोगको प्रशंसा गर्दै यसको निरन्तरतामा जोड दिइन् ।
त्यस्तै सीपीसी नेता लिउले नेपाल सरकार र राजनीतिक दलहरूसँग सम्बन्ध बढाउन चाहेको बताए ।चार दिने भ्रमणका क्रममा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।