
श्रीलंकाबाट भागेर सिङ्गापुर पुगेका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो देशमा शरण नमागेको सिंगापुर सरकारले जनाएको छ ।श्रीलंकाबाट भागेर सिङ्गापुर पुगेका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो देशमा शरण नमागेको सिंगापुर सरकारले जनाएको छ ।सञ्चारमाध्यमको जिज्ञासाको जवाफ दिँदै सिङ्गापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई ‘निजी भ्रमण’ मा सिङ्गापुर प्रवेश गर्न अनुमति दिएको बताएको छ ।राजापाक्षे बिहीबार साँझ सिङ्गापुर पुगेका थिए । सिङ्गापुर पुगेको केही समयपछि उनले श्रीलंकाको संसदका सभामुखलाई इमेलमार्फत् राजीनामा पठाएका थिए ।श्रीलंका अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा छ र यस वर्षको सुरुदेखि नै त्यहाँ प्रदर्शनहरू भइरहेका छन्, तर अघिल्लो शनिबार, अर्थात् जुन ९ मा बोलाइएको प्रदर्शन निकै उग्र बन्यो ।जनताले राष्ट्रपति भवन र प्रधानमन्त्री निवासलाई निशाना बनाएर त्यहाँ प्रवेश गरे ।
जसका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे आफ्नो राजभवन छोडेर भाग्नुपरेको थियो ।कोलम्बोमा अहिले कर्फ्यू जारी छ तर गोटाबाया राजापाक्षेको राजीनामाको खबर आउने बित्तिकै मानिसहरू खुसी मनाउन सडकमा उत्रिएका छन् ।वास्तवमा महिनौँसम्म आन्दोलन गरेपछि जनताको मुख्य माग गोटाबायाले पदबाट राजीनामा दिनुपर्छ भन्ने थियो ।यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई अन्तरिम राष्ट्रपति घोषणा गरिएको छ । तर, आन्दोलनकारीले उनको राजीनामाको माग पनि गरिरहेका छन् ।