साढे ४१ लाख रुपैयाँसहित वीरगञ्जबाट एक भारतीय पक्राउ

काठमाडौं । पर्साको विरगन्जबाट ४१ लाख ५५ हजार रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले चेकजाँजका क्रममा २५ वर्षीय भारतीय नागरिक राजेशकुमारलाई नगदसहित पक्राउ गरेको हो ।

बिज्ञापन

रक्सौलबाट विरगन्जतर्फ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आइरहेका राजेशलाई रजत जयन्ती चोक नजिकै नियन्त्रणमा लिएर प्रहरीले खानतलासी गरेको थियो ।