
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय वाणिज्य बिभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौलालाई राप्रपाको केन्द्रिय सदस्यको जिम्मेवारी प्रदान गरिएको छ। गरिव तथा बिपन्न परिवारमा कहिले झुल , कहिले कम्बल , कहिले खाद्य सामग्री त कहिले साना स्कुले नानीहरुमा व्याग तथा शैक्षिक सामाग्री लिएर पुग्ने संग्रौला सामाजिक कामको कारणले पनि चर्चित छन् ।

पार्टीको स्थायी समिति मानिने केन्द्रिय कार्यसम्पादन समितिमा सदस्य रहिसकेका साथै पूर्व केन्द्रीय निर्देशन समिति को सदस्य रहेका पार्टीको निति तथा कार्यक्रम निर्माणमा सकृय रहने संग्रौला महाधिवेशनपुर्व केन्द्रिय सदस्यकै जिम्मेवारीमा समेत थिए ।अध्यक्ष राजेन्द्र लिङ्देनका निकट मानिने संग्रौलालाई गत फाल्गुनमा वाणिज्य बिभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो ।



लिङ्देनलाई अध्यक्षमा विजयी गराउन निकै महत्त्वपूर्ण भुमिका खेलेका संग्रौला पार्टी भित्र निष्ठावान र मिजासिला नेताको रूपमा परिचित छन् । झापाको गौरादह ७ हुँदै हाल दमकमा स्थायी बसोबास गर्दै आएका संग्रौला नेपाल मार्वल व्यवसायी संघका केन्द्रिय अध्यक्ष समेत हुन् ।

सामाजिक धार्मिक अभियान्ता,भ्रष्टाचार विरोधी व्यक्तित्वको रुपमा चिनिने संग्रौला झापा क्षेत्र -५ मा जनताले रुचाएका नेताका रुपमा चिनिन्छन् ।संग्रौलालाई प्राप्त केन्द्रिय सदस्यको जिम्मेवारीलाई पार्टी भित्र निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।