
गुल्मी । गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय चालक रनबहादुर ढेगाको मृत्यु भएको हो ।
आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।