मकवानपुरमा २ सातामा डेङ्गुका बिरामी ९४ जना

हेटौंडा । मकवानपुरमा डेङ्गुका बिरामी बढ्दो क्रममा रहेका छन् । लामखुट्टेको टोकाइका हुने डेङ्गुका बिरामीको संख्या पछिल्लो २ सातामा ९४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिएका छन्।

उनले पछिल्लो दिनहरुमा दिनानुदिन डेङ्गुका बिरामीहरु बढ्दै गएको बताए । उनले जिल्लाको सबैभन्दा बढी डेङ्गुका बिरामी हेटौंडा उपमहानगरपालिकामा देखिएको बताए । यसैगरि,उनका अनुसार दुई सातामा स्क्रबटाइफसका बिरामी १५ जना र कालाजारका बिरामी १ जना देखिएका छन् ।

जिल्लामा गत आर्थिक वर्ष २०७८र७९ मा १ सय ९५ जनामा डेङ्गु संक्रमण देखिएको थियो ।