जेलेन्स्कीले युक्रेनको स्वतन्त्रता दिवसमा दिए रुसलाई बदलाको चेतावनी

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सम्भावित रुसी आक्रमणको चेतावनी दिएका छन् ।​ जेलेन्स्कीको चेतावनी यस्तो समयमा आएको हो जब युक्रेनले बुधबार आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ । अबेर राती जारी गरिएको सन्देशमा, जेलेन्स्कीले ‘युक्रेन यस्ते समयमा आफ्नो स्वतन्त्रताको उत्सव मनाइरहेको हो जब उसले एक ठूलो खतरासँग पनि लड्नुपरिरहेको छ’ भनेका छन् ।जेलेन्स्कीले किभ, खार्किभ जस्ता शहरहरूमा बस्ने मानिसहरूलाई सुरक्षा नियमहरू पालना गर्न विशेष अपील गरे । विशेष गरी कर्फ्यू र एयर स्ट्राइक साइरनहरूको । युक्रेनका राष्ट्रपतिले भने, ‘आज हामी सबैका लागि विशेष दिन हो । तर दुर्भाग्यवश यसै कारणले यो दिन हाम्रा शत्रुहरूका लागि पनि महत्त्वपूर्ण छ । हामी रूसको उत्तेजक र सम्भावित आक्रमणहरूबाट सावधान हुनुपर्छ ।’

उनले युक्रेनी सशस्त्र बल, गुप्तचर विभाग र विशेष सेवाका कर्मचारीले जनताको सुरक्षाका लागि सबै काम गर्ने स्पष्ट पारे ।​ जेलेन्स्कीले रुसले गरेको कुनै पनि आक्रमणको जवाफ दिने बताए । बुधवार युक्रेनमा रुसले आक्रमण गरेको पनि ६ महिना पुगेको छ ।

बिज्ञापन

फेब्रुअरी २४ मा, रूसले युक्रेनमा आक्रमण सुरु गर्यो । बेलायतको रक्षा मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१४ देखि युक्रेनमा रुसको प्रभाव बढाउने प्रयास गरिरहेको बताएको छ । रक्षा मन्त्रालयले भन्यो, ‘छ महिनाअघि आक्रमण भएको थियो । तर युक्रेनको धेरैजसो भूभागलाई नियन्त्रण गर्ने उनको लक्ष्य असफल भएको छ ।’

बेलायतको रक्षा मन्त्रालयले रुसले धेरै मोर्चामा स्रोतसाधनको अभावमा संघर्ष गरिरहेको दाबी गरेको छ । योसँगै उसको कूटनीतिक शक्ति पनि समाप्त भएको छ । ६ महिनामा रुसको लडाइँ आफ्नै लागि भारी भएको पनि उनी बताउँछन् ।