झापा ४ `क´ को प्रतिनिधि भएर बिकाश गरेर देखाउन मन छ : ढुङ्गाना

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको मिती तोकिएसंगै देशभरि चुनावि सरगर्मी बढेको छ । निर्वाचनको संघारमा बिभिन्न दलहरुबाट भिन्न भिन्न आकांक्षीहरु देखापर्न थालेकाछन ।

झापाको निर्वाचन क्षेत्र नम्बर ४ ‘ क’ बाट नेपाली काङ्ग्रेसले एकचोटि बिश्वास गरे प्रदेश सांसद भएर बिकाशको मोडल भनेको यस्तो हुनुपर्छ भनेर उदारणिय कार्यकाल देखाउने भन्दै नेपाली काङ्ग्रेस पुर्व महासमिति सदस्य एवम् प्रदेश अधिवेशन प्रतिनिधि गौरादह नपा – ०९ , बैगुन्धुरा निवासी भुपेन्द्र बहादुर ढुङ्गानाले समेत आकाङ्क्षा प्रस्तुत गरेका छन् ।

बैगुन्धुराका स्थानियवासि ढुङ्गाना बिभिन्न किसिमका सामाजिक गतिबिधि र क्रियाकलाप ले उक्त क्षेत्रमा स्पस्ट बिचार राख्ने ईमान्दार नेता मा गनिन्छन् । पञ्चायत कालमा तत्कालीन युवक संगठन , गाउ पञ्चायत अध्यक्षबाट औपचारिक राजनितिक जिवन सुरु गरेका ढुङ्गाना स्व सुर्य बहादुर थापा परिवारसंग निकट रहेर राजनिति गर्दै आईरहेका छन् ।

एकपटक जिविस सदस्य रहदा थोरै बजेट आउदा पनि गरेका तमाम बिकास निर्माण का काम सम्झिदै उनि भन्छन् ` जरा गाडेको भ्रष्ट्राचार र अनियमिततालाई निर्मुल पार्न मेरो दावेदारि स्वभाविक रुपमा प्रदेश सांसद मा रहन्छ । यदि पार्टिले प्रत्यक्ष वा समानुपातिक जुन ठाउमा उठ भन्छ , म तयार छु । बैगुन्धुरा, महाभरा, कोरोबारि, पाचगाछि, शिवगन्ज र सतासिको बिकाश र उन्नतिको निम्ति सरकारी कोषको एककप चिया समेत नखाई बिकाशको मोडल प्रस्तुत गर्न मनलागेको छ ´उनि बताउछन ।

बैगुन्धुरा – महाभरा लगायत उक्त क्षेत्रमा उनका पिता स्व कप्तान निर्प बहादुर ढुङ्गाना अत्यन्तै लोकप्रिय र जनप्रेमि प्रधानपन्चको रुपमा ३१ बर्ष निर्वाचित भएर सुधारवादी प्रजातान्त्रिक सोच राख्ने महान ब्यक्तिको रुपमा चिनिन्छन, उनै बुवाबाट प्रभावित भएर राजनितिक जिवन अङ्गालेका ढुङ्गाना भन्छन्, अब अर्को पटक त हामि भन्दा नया युवापुस्तालाई अवसर दिनुपर्छ त्यसैले यसपटक झापा क्षेत्र नम्बर -०४ ‘क’ प्रदेश सभासदस्य पदको प्रत्यक्ष वा समानुपातिक पार्टिले जहा दिन्छ , अग्रज नेतृत्वले जहा सल्लाह दिनुहुन्छ मेरो दावि त्यहि रहन्छ ।