अभिनेत्री रेखा थापाको नाम मोरङ्ग ३ बाट सिफारिस

विराटचौक। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिश गरेको छ।

प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिश गरेको राप्रपाले थापाको नाम पहिलो नम्बरमा राखेको छ। अर्का अम्बिकाप्रसाद अधिकारी छन्।

बिज्ञापन

मोरङ–३ मा अघिल्लो निर्वाचनमा एमाले नेता भानुभक्त ढकाल विजयी भएका थिए । उनले सुनिल शर्मालाई पराजित गरेका थिए। थापाको घर सुन्दरहरैंचा १२ सलकपुरमा पर्छ।

मिस कोशीको उपाधि जितेर नेपाली सिने क्षेत्रमा स्थापित भएकी थापा कुनैबेला माओवादीमा थिइन्। पछिल्लोपटक राप्रपा प्रवेश गरेकी उनी महाधिवेशनमा महामन्त्रीमा लडेकी थिइन्। तर थापा नेतृ कुन्ती शाहीसँग पराजित भएकी थिइन्।