सुनसरीबाट एक हजार १२० किलो गाँजा बरामद

सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित कटान बगर क्षेत्रबाट सशस्त्र प्रहरीले धेरे मात्रामा गाँजा बरामद गरिएको छ ।

भारतीय सिमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टहरु र नेपाल प्रहरीको स्थानीय युनिटको संयुक्त टोलीले मङ्गलबार राति एक टनभन्दा बढी अवैध गाँजा बरामद गरेको छ । सुराकी सूचनाका आधारमा गरिएको उक्त अपरेसनबाट प्रहरी टोलीले ३८ पोका गाँजा फेला परेको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिनुभएकाे हाे ।

बिज्ञापन

सशस्त्र प्रहरी बलको बिओपी घुस्की, बिओपी बसन्तपुर तथा इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की र बसन्तपुरबाट खटिएको ४० जना सुरक्षाकर्मीको संयुक्त टोलीले विशेष अप्रेसन गरी बगर क्षेत्रमा बालुवामुनि लुकाइ राखिएको अवस्थामा प्लास्टिकको बोरा भित्र गाडेको एक हजार १२० किलो गाँजा फेला पारेको थापाको भनाइ छ । बरामद गरिएको गाँजालाई अनवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा पठाइएको बताइएको छ ।