
दमक / लडेर झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–४ का ४९ वर्षीय अमनलाल मेचे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएका छन् ।
बिज्ञापन



बिहीबार बिहान मेचे शौचालयमा लडेको देखेपछि आफन्तजनले उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।