
नेपाल क्रिकेट संघ (क्यान)ले विपिनप्रसाद शर्माको कप्तानीमा एसिसी पुरुष यू–१६ इस्ट जोन कप खेल्ने नेपाली टोली घोषणा गरेको छ। कर्णाली याक्सबाट एनपीएल खेलेका विपिनले उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका थिए।

१४ सदस्यीय टोलीको उपकप्तानमा सूर्यान्शू कोइराला छन्। शिवांश बजगाईं र परिमार्जन यादव दुईजना विकेट किपर छन्।
बिज्ञापन



नेपाली टोलीमा रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, सुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही छन्।
