त्रिभुवन विमानस्थलमा भारतीय एयर मार्शल राख्न कसले दियो अनुमति ?


काठमाडौं, २९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शल राखिएका छन् तर यसबारे सरकार भने बेखबर देखिएको छ । सरकारले अनुमति दिएपछि मात्र राखिनुपर्नेमा हालसम्म नेपाल सरकार भने यस विषयमा बेखबर देखिएको हो ।

बिज्ञापन

नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ मा ‘इनफ्लाइट सेक्युरिटी अफिसर’ राख्न पाउने प्रावधान राखिएको छ । सोही नियमावलीमा गृह मन्त्रालयबाट स्वीकृति लिएर मात्र एयर मार्शल राख्न पाइने व्यवस्था छ । तर हाल राखिँदै आएका भारतीय एयर मार्शलबारे गृहलाई जानकारी नै छैन ।

नागरिक उड्यन प्राधिकरणका हवाई सुरक्षा प्रमुख प्रकाश ढकालले इन्डियन एयरलाइन्सले एयर मार्शल राख्न अनुमति नलिएको बताएका छन् । गृहमा हालसम्म त्यस्तो जानकारी कसैले पनि नगराएको उनको भनाइ छ ।

विमानस्थल जस्तो संवेदनशिल ठाउँमा नियम मिचेर गरिने यस्ता क्रियाकलापले सुरक्षाको पनि प्रश्न उठ्छ । भारत मात्र नभई कुनैपनि मुलुकका लागि एयर मार्शल राख्न नेपाल सरकारको अनुमति अनिवार्य रहेको छ ।