झापामा खुकुरी प्रहारबाट तीन जना घाइते

झापा : जग्गाको विषयमा विवाद हुँदा झापामा खुकुरी प्रहार भएको छ ।

 

प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले दिएको जानकारी अनुसार खुकुरी प्रहारबाट आमा छोरासहित ३ जना घाइते भएका हुन् ।

 

घाइते हुनेमा अर्जुनधारा नगरपालिका ५ का ३२ वर्षिय सुभद्रा गेलाल, ७२ वर्षिय जानुकादेवि गेलाल र उनका ३० वर्षिय छोरा केशव गेलाल रहेका छन् ।

 

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका ५ का सुभद्रा गेलाल परिवारसँग सोही ठाउँकै छिमेकी पुण्यप्रसाद खनालबीच जग्गाको विषयमा वादविवाद भएको थियो ।

 

वादविवादको क्रममा खनालले उनीहरूमाथि खुकुरी प्रहार गरेका हुन् । घाइते तीनै जनाको बिर्तामोडको अस्पतालमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने खनाललाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ ।