राष्ट्रिय सहकारी महासंघद्वारा झापा गौरादह को शुभलक्ष्मी सहकारी पसल पुरस्कृत हुने

 

सुमित भण्डारी

बिज्ञापन

 

नमुना सहकारी पसल प्रबर्द्धन कार्यक्रम अन्तर्गत ९८ औं  सहकारी दिवसको अवसर मा झापाको दक्षिण पश्चिम  गौरादह १स्थित शुभलक्ष्मी सहकारी संस्था द्वारा संचालित शुभलक्ष्मी सहकारी पसल उत्कृष्ट नमुना सहकारी पसल घोषित भएको छ ।

 

नेपाल सरकार भुमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालयको नमुना सहकारी पसल प्रबर्द्धन कार्यक्रम अन्तर्गत राष्ट्रीय सहकारी महासंघ ले पुरस्कृत गर्न लागेको हो ।

 

महासंघ ले देशभरि संचालित सहकारी हरु मध्ये गौरादह स्थित शुभलक्ष्मी सहकारी पसले ग्राहक हरुलाइ गुणस्तरीय सामान बिक्री बितरण , सहकारीको प्रबर्द्धन मा टेवा पुर्याएको र सहकारी सिद्धान्तलाई आत्मसाथ गर्दै सदस्य समाज र राष्ट्रको आर्थिक ,सामाजिक परिबर्तन मा टेवा पुर्याएको ले  महासंघले पुरस्कृत गर्ने भएको हो ।

 

महासंघ ले आगामी असार २० गते अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा नगद रु १५ लाख सहित पुरस्कृत गर्ने भएको  हो ।

 

यसै बिषयमा शुभलक्ष्मी सहकारी संस्थाका अध्यक्ष प्रकाश कार्कीले नेपाल सरकार भुमि ब्यवस्था , सहकारी तथा गरीबी  निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ लि नेपाल प्रती आभार व्यक्त गरेका छन ।

 

साथै आगामी दिनहरूमा पनि सहकारी सिद्धान्तलाई आत्मसाथ गर्दै सदस्य , समाज र राष्ट्रको आर्थिक ,सामाजिक र सांस्कृतिक परिबर्तनमा संस्था सधै लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।