
झापा: सरकारले जनभावना विपरीत भित्र्याउन लागेको भन्दै देशको विभिन्न ठाउँमा बिरोध भइरहदा नेपाल कम्युनिस्ट पार्टी बिप्लब समुह समर्थित झापाली युबाहरुले झापाको गौरादहमा समेत मसाल जुलुस गरेका छन् ।

बिज्ञापन



अमेरिकी परियोजना एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेको भन्दै व्यापक विरोध भैरहेको बेला बिहीबार नेपाल कम्युनिस्ट पार्टी गौरादह नगर कमिटी झापा को आयोजनामा मशाल जुलुस गरेर विरोध प्रदर्शन गरिएको हो ।

हातमा मशाल बोकेका युवा संगठन गौरादहका युवाहरुले राष्ट्रघाती सम्झौता पास गर्न नदिने गरी आन्दोलनमा लाग्ने प्रतिबद्धता जनाएको बताइएको छ ।