
हेटौँडा । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाल स्काउटको जग्गामा नेपाल सरकारका पूर्व मन्त्रीले अवैध ढङ्गबाट हडप्ने काम भएको बताएको छ ।
प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक दीपक निरौलाले सत्ताको भरमा अदालतको निर्णयलाई समेत अटेर गर्दै स्काउटको जग्गामा गिद्धे दृष्टि लगाउनु खेदजनक रहेको बताए ।
काठमाडाैंको लैनचौरमा रहेको स्काउटको जग्गामा अदालतको आदेशलाई समेत अवज्ञा गर्दै पूर्व मन्त्रीले व्यवसाय सञ्चालन गर्दा सरकार मौन रहनु लज्जाको विषय रहेको उनको भनाई थियो ।उनले भने ‘सार्वजनिक सम्पत्तिको रक्षा गर्ने राज्यको जिम्मेवारीको विषय हो, राज्यले व्यक्तिद्वारा हडपिएको सम्पत्तिको रक्षा गर्नु पर्दछ तर राज्यकै जिम्मेवार व्यक्तिद्वारा स्काउट जस्तो नितान्त सेवामूलक संस्थाको जग्गा हडप्नु खेदजनक छ ।’