सरकारको लकडाउन गर्ने निर्णयको खिल्ली उडाउदै दमक नगरका अधिकांश व्यापार खुल्ला

दमक । बिश्व यतिबेला कोरोना महामारीसंग जुधिरहेको छ । नेपाल पनि कोरोना महामारीबाट अछुतो रहन सकेको छैन ।नेपालमा दिनदनै कोरोना संक्रमितको संख्या बढेसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढी रहेको छ । यस्तो भयावह परिस्थितिलाई नियन्त्रण गर्न गत चैत देखि सरकारले नेपालमा पनि लकडाउन लगाई रहेको छ । तर सरकारको उक्त निर्णयको खिल्ली उडाउदै प्रधानमन्त्री आफै निर्वाचित क्षेत्र मध्ये झापाको दमकका प्रायः सबै व्यावसाय खुला गर्न थालिएको छ ।

 

बिज्ञापन


विगत केहि दिन अघिदेखि लुकिछिपी खुल्ने पसलहरु अहिले निर्वाधरुपमा खोल्न थालिएका छन् भने , खुल्लमखुल्ला मदिरा पसल र होटल खुल्दा समेत स्थानिय प्रशासन मौन रहनुलाई अर्थपूर्ण ढंगले हेर्न थालिएको छ ।

 

यसै सन्दर्भमा ओमकार टाईम्सले दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठसंग जिज्ञासा राख्दा `लकडाउन भनेर व्यावसायी चुपो लागेर बस्ने अवस्था छैन , सरकारले संचालन छुट गरेका ४२ प्रकारका उद्योगबाट उत्पादित बस्तु बिक्री गर्ने पसलहरु स्थानीय सरकारसंग समन्वय गरेर खोलेका हौं ।´ उनले भने । त्यस्तै होटल तथा मदिरा पसल खुलेको सन्दर्भमा ` हामीले अनुगमन गरिरहेका छौं , त्यस्तो पसल खुलेको कहि कतै पाईएमा हामी कारबाही गर्छौं ।´ श्रेष्ठले ओमकार टाईम्स प्रतिनिधिलाई जानकारी दिए ।

 

यसै बिषयमा दमक नगरपालिकाका मेयर रोमनाथ ओलीसंग सम्पर्क गर्दा `यसरी व्यापार खोल्नको लागि हामीले कुनै निकाय तथा संस्थालाई अनुमति दिएको छैन । हामी बाणिज्य संघसंग पनि यो बिषयमा छलफल गर्छौ र जहाँसम्म मदिरा पसलहरुको कुरा छ त्यो खोल्न पाइदैन , हामीले अनुगमन गरिराखेका छौं , खोलेको भेटिए कारबाही गर्छौं ।´ ओलीले ओमकार टाईम्स प्रतिनिधिलाई जानकारी गराए ।

 

देश दिनदिनै कोरोनाको महामारीमा फस्दै गर्दा आफैमा धेरै जनघनत्व भएको नगरपालिका त्यसमाथि पनि भारतको सिमासंग नजिकै रहेको शहरमा यसरी लाडनउनको उलंघन गरेर पसलहरु निर्वाध रुपमा खोल्नु कत्तिको सान्दर्भिक छ ? , यो आफैमा सोचनिय बिषय रहेको छ ।