
काठमाडौं । राष्ट्रियताको सवालमा अडिग र सधै आफुलाई अगाडि राख्ने सामाजिक अभियान्ता सिर्जना वाग्लेले जनताको सार्वभौम देशको संसदमा नेपालको राष्ट्रभाषा नेपाली नबोल्ने जनता समाजवादी दलकी सांसद सरिता गिरीलाई संसद पदमा आसिन हुने नैतिकता बाँकी नरहेको भन्दै सांसद पदबाट बर्खास्त गर्दै देश निकाला गर्न माग गरेकी छिन् ।




`जस्ले आफू नेपाली हुनुमा गर्व गर्न सक्दैन , जस्ले नेपालको भाषा , धर्म , संस्कृति अंगाल्न सक्दैन त्यो कदापि नेपाली हुन सक्दैन ।नेपाली राष्ट्रभाषाको धज्जी उडाएर संसदमा हिन्दी भाषा प्रयोगगरि नेपाल बिरुद्ध बिषवमन गर्ने सांसद सरिता गिरी नेपाली हुनै सक्दिनन् । उनको तुरुन्त सांसद पद र नेपाली नगरिकता खोसि उनलाई देश निकाला गर्नुपर्छ ।´ओमकार टाईम्ससंगको कुराकानीमा वाग्लेले भनिन् ।

लिपियाधुराको बिषयमा बिबादास्पद अभिव्यक्ति दिने सांसद गिरीले संसदमा समेत नेपाल र नेपालीको भावनामा चोटपुग्ने गरि हिन्दी भाषा प्रयोग गरेर नेपाल बिरुद्ध भारतको गुलामी गरेको हुनाले यस्ता देशद्रोहीले नेपालीले तिरेको करबाट सेवा सुविधा लिने कुनै अधिकार नभएको हुदा उनको सम्पूर्ण सेवा सुबिधा कटौती गर्न समेत वाग्लेले जोडदार माग गरिन ।
साथै सरकारले एमसीसीसंग नेपालको राष्ट्रियता साट्न लागेको आरोप लगाउदै वाग्लेले यदि नेपाल र नेपाली जनताको भावनाको विरुद्ध गएर सरकारले जबर्जस्ती एमसीसी पास गर्छ भने हामी युवाहरु चुप लागेर नबस्ने र आन्दोलनको आधी ल्याउने र त्यो आन्दोलनले सम्पूर्ण राष्ट्रघाति नेताहरुलाई उडाउने चेतावनी समेत दिइन् ।