
सुनसरी/ सुनसरी हरिनगर ६ घुस्की बस्ने अकमुल अंसारी लाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ।

गत विहिबार इनरुवा-१ गोलपार्क एरियामा विशेष सुराकका आधारमा साईकलमा आईरहेका अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बिज्ञापन



नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा DIALEX-DC 100 ml. लेखिएको अवैध लागुऔषध ४९ बोलत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
