उदयपुरको ताप्ली गाउँपालिकाको कार्यलयमा अज्ञात समूहद्वारा बम विस्फोट, बम बिस्फोटबारे अनुसन्धान जारी

झापा / उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीम बहादुर दाहालको भनाई अनुशार कार्यालयको सहायता कक्षमा गए राति बम विस्फोट भएको हो

तेसैगरि कार्यालयको गेट अगाडी अर्को बम जस्तो देखिने शङ्कास्पद बस्तु फेला पनि परेको छ ।

बिज्ञापन

शङ्कास्पद बस्तु फेला परेको स्थानलाई पूर्ण रूपमा सिल गरिएको एसपी दाहालले बताएका छन ।

नेपाली सेनाको बम डिसपोजल टोली घटनास्थलतर्फ प्रवेश गरिसकेको बताइएको छ । स्थानीय प्रहरी चौकीको प्रहरी टोली घटना स्थलमा पुगेको छ । शङ्कास्पद बम डिस्पोज भएपछि दोस्रो भेटिएको बम कुन हो भन्ने खुल्ने प्रहरीले बताएको छ ।

बम विस्फोटबाट कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज सोफा लगायतमा क्षति पुगेको बताइएको छ ।

बम विस्फोटको कार्यमा पार्टीगत कसैले जिम्मा नलिएकोले किन कसले के कारणले गर्‍यो भन्ने अज्ञात समूहको र घटनाबारे अनुसन्धान गरी रहेको एसपी दाहालले बताएका छन।