चीनले गाड्यो अन्तरिक्षमा आफ्नो झण्डा,

तेस्रो प्रयासमा चीनले आफ्नो देशको झण्डा चन्द्रमामा गाडेको छ । अमेरिकी सफलताको ५० वर्षपछि चीनले चन्द्रमाको सतहमा चिनियाँ झन्डा गाडेको हो । यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा गाड्ने प्रयास गरेपनि तिनीहरु सतहमा अडिन सकेका थिएनन् ।

यसपटक चीनले त्यो सफलता पाएको सिन्ह्वाले जनाएको छ । उसका अनुसार चिनियाँ झन्डाले ५० वर्ष अगाडिको अपोलो मिसनका बेलाको उत्साह र प्रेरणाको झल्को दिएको छ । चीनको नेशनल स्पेस विभागले चन्द्रमा गाडिएको झन्डाको तस्बिर सार्वजनिक गरेको हो । चन्द्रमामा गाडिएको झन्डालाई चिसो, तातो सबै तापमानबाट सुरक्षित राख्न विभिन्न आधुनिक फिचरयुक्त सुरक्षा दिइएको बताइएको छ ।

बिज्ञापन

सन् १९६९ को अपोलो ११ मिसनमा अमेरिका चन्द्रमामा झन्डा गाड्ने विश्वकै पहिलो देश बनेको थियो । त्यसपछि पनि अमेरिकाले विभिन्न मिसन अन्र्तगत १९७२ सम्म पाँचवटा झन्डा गाडेको थियो । २०१२ मा नासाको स्याटलाइट तस्बिरले ती पाँचैवटा अमेरिकी झन्डा स्थिर रुपमा रहेको तस्बिर सार्वजानिक गरेको थियो ।