
काठमाडौँ : राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका भिड्ने छन् ।

लिगको अन्तिम खेलमा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् । वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ ।
बिज्ञापन



वालिङ चन्द्रपुरलाई हराएर लिगको तेस्रो स्थानमा उक्लन चाहन्छ । चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिगको उपाधि भने एपीएफले जितिसकेको छ ।
