यी चार मुलुकमा नियमित उडान सुचारु गर्दै सरकार

काठमाडौं – नेपालबाट अब चार देशमा नियमित हवाई उडान हुने भएको छ। सरकारले भारत र चीन, कतार र टर्कीमा नियमित उडान गर्ने निर्णय गरेको हो। अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने जानकारी दिए। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रुको बढी चाप हुने मुलुकमा उडान खोल्ने निर्णय भएको उनले बताए। यी गन्तब्यमा आएका मानिसको साथमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ।

सरकारका अनुसार खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन् भने अन्य यात्रुको हकमा अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको छ। कोरोना भाइरसको महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका बीच पछिल्लो एक महिनादेखि नेपालमा आन्तरिक तथा बाहृय दुबै हवाई उडान बन्द छ ।