
सुनसरी । सुनसरीमा समुह बनाई लुटपाट गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत साउन ९ गते धरानबाट इटहरी गइरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका ८ का ५७ बर्षीय डम्बर प्रसाद बास्तोलाको साथमा रहेको ९७ हजारभन्दा वढि रकम लुटी फरार रहेका समुह मध्ये प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।



पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक जिल्ला रोसी गाउँपालिका ३ का ३६ बर्षीय जितबहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका ५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका ८ का ३२ बर्षीय सुजन तामाङ भन्ने सनबहादुर लामा तामाङ र तिमाल गाउँपालिका २ का २६ बर्षीय कमल लामा रहेको प्रहरीले जनाएको छ ।

यो समुहले इटहरीको ट्याङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बास्तोलाको साथमा रहेको नगद, जबरजस्ती लुटपाट गरी फरार भएको थियो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद १२ हजार ९ सय रुपैयाँ बरामद गरेको छ ।