
काठमाडौं । वीरगन्जमा आगामी असार १ गतेदेखि विद्यालय खुल्ने भएको छ । वीरगन्ज महानगरपालिकाले असार १ गतेदेखि स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर विद्यालय खोल्ने निर्णय गरेको मेयर विजय कुमार सरावगीले बताए ।

सबै परिस्थिति सामान्य रहेमा पहिलो चरणमा कक्षा ८ देखि १२ सम्मका कक्षा संचालन गरिने उनले बताए महानगरमा कोरोना घट्दो रहेकोले शैक्षिक कार्यक्रम सुरु गर्न लागिएको उनको भनाई छ ।



विद्यालयमा भौतिक उपस्थिति गराएर पठनपाठन गर्न अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्यका मापदण्ड पूरा गर्न भनिएको छ ।
महानगरले कक्षा सञ्चालनका लागि ७ वटा सर्त बनाएको छ ।

विद्यालयका सवारी सधान नचलाउन महानगरले भनेको छ । शिक्षण सिकाईका वैकल्पिक उपाय विद्यालय र अभिभावकबीच सहमति गरेर गर्न भनिएको छ । असार १ देखि ७ गतेसम्म भर्ना लगायतका व्यवस्थापकीय काम हुने, ८ देखि १५ गतेसम्म भर्ना सप्ताहका लागि घरदैलो र असार १५ पछि नियमित पठन पाठन सुचारु गर्न महानगरले भनेको छ ।