
वीरगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ । अस्पताल परिसरमा सञ्चालित औषधि पसलमा एक करोड रुपैयाँभन्दा बढी हिनामिना भएको उजुरीको अनुसन्धानका क्रममा हेटौंडास्थित अख्तियारको टोलीले छापा मारेको हो ।

अख्तियारको टोलीले पसलको कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
बिज्ञापन



