दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले बनायो  २ सय १२ रन

पाकिस्तान र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले २ सय १२ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो दिनमा ४ विकेटको क्षतिमा २ सय १२ रन बनाएको हो ।

तीन ओभरमा तीन विकेट गुमाएर खराब सुरुवात गरेको पाकिस्तानका लागि बाबर आजम र फाओड आलमको १ सय ५८ रनको साझेदारीमा टिम सम्हालिँदै  २ सय १२ रन बनाउन सफल भयो ।

बिज्ञापन

पाकिस्तानका लागि कप्तान बाबर आजमले ७५ रन बनाउँदै केमरोजको बलमा क्याचआउट भए भने  फरवार्ड आलमले ७६ रन बनाएर घाइते भए पछि मैदानबाट बाहिरिए । त्यसपछि मैदान सम्हाल्न आएका मोहम्मत रिजवानले नटआउट २२ रन र फहिम असरफ २३ रन बनाउँदै क्रिजमा रहेर पहिलो दिनको खेल समाप्त भएको छ ।

पहिलो टेस्ट क्रिकेट वेस्ट इन्डिजले एक विकेटले जितेको थियो । चार खेलको टी–ट्वान्टी र दुई खेलको टेस्ट श्रृङ्खलाका लागि पाकिस्तान वेस्ट इन्डिजको भ्रमणमा छ ।