
काठमाडौँ – अष्ट्रेलियाको जनगणनाको नतिजाले त्यहाँ हिन्दूहरूको संख्या सबैभन्दा छिटो बढेको देखाएको छ ।

आंकडा अनुसार पछिल्लो शताब्दीमा अष्ट्रेलियाको जनसंख्यामा हिन्दूहरूको संख्या अत्याधिक रूपमा बढेको देखिएको हो ।
बिज्ञापन



एक शताब्दीको बीचमा अष्ट्रेलियामा १ दशमलव ७ करोड जनसंख्या बढेको छ, त्यसमध्ये २० प्रतिशत हिन्दूहरूको संख्या बढेको तथ्यांकले बताएको छ ।

हाल अष्ट्रेलियाको जनसंख्या २ करोडको हाराहारीमा छ भने हिन्दूहरू २ प्रतिशतको हाराहारीमा छन् ।
सन् २०५० सम्म हिन्दू धर्म अष्ट्रेलियाको दोस्रो ठूलो धर्म हुने प्रक्षेपण गरिएको छ ।
त्यतिबेला हिन्दूको जनसंख्या ४० देखि ४५ प्रतिशतसम्म पुग्नेछ ।
अहिले अष्ट्रेलियामा रहेका हिन्दूहरूमध्ये ३४ प्रतिशत १४ वर्षभन्दा मुनीका छन् भने ६६ प्रतिशत ३४ वर्षभन्दा मुनीका छन् ।