ओमानविरुद्ध नेपालले टस जितेर बलिङ गर्ने, टोलीमा दुई परिवर्तन

काठमाडौं । विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग पाँचै विकैटले हारेको थियो ।

तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा नेपालले खेल्न लागेको यो अन्तिम खेल हो ।

प्रशिक्षकलाई सुखद् बिदाई दिने लक्ष्यसहित अल अमेरत क्रिकेट मैदानमा अहिले ४:१५ बजे उत्रिने नेपाली टोलीमा २ परिवर्तन गरिएको छ । यसअघि शुक्रबार भएको अमेरिकाविरुद्धको खेलमा मौका पाएका तीव्र गतिका बलर गुल्शन झा र कुशल मल्ललाई आज टोलीमा राखिएको छैन ।

उनीहरूको स्थानमा शरद भेसावकर र आरिफ शेखलाई प्लेइङ-११ मा राखिएको छ ।