प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधबीच संसद बैठक सुरु

काठमाडौं — संसद बैठक सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधबीच संसद बैठक सुरु भएको हो ।

बिज्ञापन

बैठकमा एमाले सांसदले नाराबाजी लगाउँदै विरोध गरिरहेको छ । तर, सभामुख अग्नि सापकोटाले भने संसद्को कारवाही अगाडि बढाएका छन् ।

बैठकमा बजेट प्रतिस्थापन विधेयक पेश भएको छ । सरकारले भदौ २५ गते पेश गरेको विनियोजन विधेयक सोमबार पारित गर्ने तयारी छ ।

आज विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर पारित गर्ने कार्यसूची छ ।