
काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ ।
खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो ।

एकपक्षीय जस्तै बनेको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५–११, २५–९, २५–५ सेटमा हरायो ।
दुई जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ ।
बिज्ञापन



नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को सेटमा जित हात पारेको थियो ।

६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
नेपालले आफ्नो तेस्रो खेल शनिवार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।