
काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशन सम्बोधन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई शक्तिमा पुर्याउनका लागि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता गरेको आरोप लगाएका छन्।

सम्बोधन गर्दै नेपालले भने, ‘हामी खुसी भएका थियौँ एमाले र माओवादी मिल्दा वाम घटकहरू एक ठाउँमा आउने भए भनेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन हामीले धेरै भूमिका खेलेका थियौँ।



एकतापछि जनताले झण्डै दुई तिहाइ बहुमत दिएका थिए। तर, ओलीको रणनीति त कमरेड प्रचण्डको टाउकामा टेकेर आफूलाई सबैभन्दा अग्लो देखिन भन्ने सोच रहेछ।’

ओलीले सत्तामा पुग्नेको लागि प्रचण्डको पिठ्युँलाई सिँढीका रूपमा प्रयोग गरेको टिप्पणी गरे। ओलीप्रति आरोप लगाउँदै अध्यक्ष नेपालले भने, ‘सत्तामा पुगेपछि ओलीले पार्टीलाई हेप्न थाले। बैठक बस्नै छाडे, आफ्नो नराम्रो कुरा आउँछ भनेर।’