वडा सदस्यका छोरा घुस रकम सहित पक्राउ

जनकपुरधाम । महोत्तरीका एक जनप्रतिनिधिका छोरा जनकपुरधामबाट घूससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडिबाट महोत्तरीको भंगहा नगरपालिका ८ का सदस्य कारी साहका छोरा मुकेश साह रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले १ लाख ६० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

बिज्ञापन

वडा सदस्य साहका छोरा मुकेशलाई सडक ढलान गरेको उपभोक्ता समितिका पदाधिकारीको बिल पास गरिदिने नाममा वडाध्यक्ष रफिक आलम र सदस्य कारीले घुस मागेका थिए ।

पक्राउ परेका मुकेशमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।