सुर्खेतमा एकै परिवारका चारजनाको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर–१० बुदबुदीमा राति कोइला बालेर सुतेका चारजना मृत फेला परेका छन् । शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताएका छन् ।घटनाबारे आफूहरुलाई शनिबार राति साढे सात बजेमात्रै थाहा भएको उनले बताए ।

उनका अनुसार ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, आठ वर्षीय छोरा चिरञ्जीवी बुढा र पाँच वर्षीय सोमराज बुढाको मृत्यु भएको हो।

बिज्ञापन

कल्पाका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज कृष्णका दाइका छोरा हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।