कोरोना बिरुद्ध दुबै खोप लगाएका विदेशीले अनअराईभल भिसा पाउने
काठमाडौँ : कोरोना बिरुद्धको दुबै खोप लगाएका विदेशी नागरिकले अनअराईभल भिसा पाउने भएका छन् । अध्यागमन विभागले एक सूचना जारी गर्दै नेपाल आउने र नेपालबाट बाहिरीने यात्रुका लागि सूचना जारी गर्दै अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका नागरिकले खोपको पूर्ण मात्रा लगाएकालाई अनअराइभल भिसा सुविधा निरन्तर दिईने बताएको हो ।

विदेशी पर्यटकले खोपको मात्रा पूरा गरेको प्रमाण, हवाई उडानका लागि चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ रिर्पोट, नेपालमा होटल बुकिङ गरेको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य निकाय भएका त्यसको अनुमतिको प्रतिलिपि समेत पेश गरेमा नेपाल प्रवेश विन्दुमै भिसा पाउने छन् ।

बिज्ञापन