सिके राउतको कार्यकर्ता र प्रहरीबीच झडप हुँदा २ राउण्ड अश्रुग्यास प्रहार

जनकपुर, । सिके राउत नेतृत्वकाे जनमत पार्टीका कार्यकर्ताहरूसँग प्रहरीको झडप भएको छ।

उनीहरूले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थल वरपर प्रदर्शन गरिरहेका छन् ।

बिज्ञापन

राउतका कार्यकर्ताहरूसँग निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवनतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको हो ।

सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सोही क्रममा प्रहरीले प्रदर्शनकारीहरूमाथि दुई राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ ।