
काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेट हुने भएको छ ।

उनीहरुबीच आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुन लागेको हो ।
बिज्ञापन



भेटमा संसद अवरोध अन्त्य, एमसीसी, स्थानीय तह निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
