सुनको मूल्य तोलामा ९ सयले बढ्यो

काठमाडाैं । सुनको साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ ।

शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

बिज्ञापन

यसैगरी शुक्रबार तेजाबी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।