युट्युव, टिकटकमा भ्रामक सूचना दिनेलाई कारबाही गर्ने साइबर ब्युरोको चेतावनी

काठमाडौं । साइबर ब्युरोले युट्युव, टिकटक लगाएत सामाजिक सञ्जालबाट भ्रामक सूचना दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

नायक पल शाहविरुद्धको अभियोगमा युट्युब, टिकटक र सामाजिक सञ्जालहरुमा अनुसन्धानलाई प्रभावित पार्ने काम भइरहेको भन्दै प्रहरीले त्यस्ता गतिविधि गर्नेहरुविरुद्ध सूचना जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको हो ।

बिज्ञापन

‘समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने, पीडितको गोपनीयताको हक हनन गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको’ ब्यूरोको सूचनामा उल्लेख छ ।

त्यस्ता क्रियाकलापहरू गरे विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्ने ब्यूरोले जनाएको छ ।