प्रधानमन्त्री देउवासँग अमेरिकी सांसदहरूको भेट : मौसम परिवर्तनका विषयमा कुराकानी

नेपाल भ्रमणमा अमेरिकी सांसदहरूको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ ।

आज बालुवाटारमा भएको भेटमा दुई देशको सम्बन्ध सुदृढीकरण, मौसम परिवर्तनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजो नेपाल आइपुगेको टोलीले आजबाट राजनीतिक भेट सुरु गरेको हो ।

अमेरिकी सांसद किरस्टिन गिलिब्रान्डको नेतृत्वको टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधि मोनडेरी जोन्स रहेको अमेरिकी राजदूतावासले जनाएको छ ।